https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

हङकङबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरको विप्रेषण सेवा सुरु

काठमाडौं – हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उद्घाटन गरी रेमिट्यान्स कारोबार सुरु गरिएको हाे ।

हङकङमा रहेका नेपालीले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजार पाँच सयभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध–निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्सको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् । नेपाल विप्रेषण पठाउँदा १ हप्ताका लागि निःशुल्क पठाउने व्यवस्था गरिएकोसमेत सिटी एक्सप्रेसले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार