अर्घाखाँची पाणिनीको क्वारेन्टाईनमा बसेका दुई जनामा कोरोना पुष्टि

अर्घाखाँची – अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका दुई जनामा कोरोना देखिएको हो । पाणिनी गाउँपालिकाको वडा नंं. ८ पालीमा  रहेको क्वारेन्टाईनमा रहेका दुईमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

पालीको कमला माविमा रहेका क्वारेन्टाईनका दुई जनामा कोरोना देखिएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना देखिएको हो ।

अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । योसँगै अर्घाखाँचीमा त्रास सँगै सचेत हुनुपर्ने देखिएको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन ।

प्रदेश ५ मा आइतबारसम्म आरटी पीसीआर परीक्षणका लागि ८ हजार ९ सय ६० जनाको स्वाब संकलन गरिएको, ७ हजार १ सय ४१ जनाको परीक्षण भएको, दुई सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको र एक हजार ८ सय १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार