भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर

काठमाडौं, १८ जेठ- भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो ।

ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको थियो । उनीहरुले प्रहरीका हतियार खोस्न प्रयास गरेका थिए । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार