काठमाडौं, २० जेष्ठ – लकडाउनको समयमा राजधानीको कमलादीस्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार साँझ कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाललाई दुई लाख ७७ हजार सात सय २० रूपैँया सहित पक्राउ गरेको हो।
त्यस्तै होटलका सञ्चालक भारतका नीति जोगाइलाई पनि पक्राउ गरेको छ। प्रहरीले १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न मंगलबार अदालतसँग म्याद थपको माग गर्ने जानकारी दिएको छ।