https://www.saurabhgroup.com/

रुपन्देहीमा एक युवकले गरे ५ जना साथीको सामूहिक हत्या

काठमाडौं,  २७ जेठ  – रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा बञ्चरो प्रहार गरी पाँच जनाको सामूहिक हत्या भएको हो ।

‘स्थानीय एक कृषकको फार्ममा काम गर्ने युवकले हत्या गरेको प्रारम्भिक सूचना आएपछि शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’  रुपन्देहीका एसपी हेम कुमार थापाले भने ।

हत्याका अभियोगीलाई पक्राउ गरिएको मंगलापुर प्रहरी कार्यालयले बताएको छ । गाई र भैँसी फार्ममा काम गर्नेले बञ्चरो प्रहार गरी उनीहरुको हत्या गरेकाे थियो । हत्या किन भयो भन्ने खुलेको छैन ।

प्रहरीले सोधपुछ जारी रहेको बताएको छ । मृतकमा एक महिला र चार पुरुष हुन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छन् ।

उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले  बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार