नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं, ३० जेठ – नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ६२ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये ४२१ जना पुरुष र २४ जना महिला रहेका छन् ।प्रवक्ता डाक्टर गौतमका अनुसार विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका दुई जना, झापाका सात जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल टिचिङमा गरिएको परीक्षणमा महोत्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै चितवनको भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका तीनजना, सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एकजना, झापाका ६ जना, सुनसरीका एक महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरेको परीक्षणमा पर्वतका १३ जना, स्याङ्जाका २२ जना पुरुष, नवलपरासी पूर्वका एकजना र तनहुँका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष र बाँकेका एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना पुरुष, मोरङका एकजना पुरुष, धादिङका दुई महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरेको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना र सर्लाहीका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष, सर्लाहीका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा ३ महिला र ५ पुरुष सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष, सुर्खेतका दुई महिला सहित ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरेको परीक्षणमा अर्घाखाँचीका दुई जना, गुल्मीका एक जना, पाल्पाका एक जना पुरुष, प्यूठानका दुईजना, रुपन्देहीका तीन महिला र १३ पुरुष, नवलपरासी पश्चिमका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक जना धादिङका एक जना धनुषाका एक जना नुवाकोटका एक जना रौतहटका ८६ जना काठमाडौंका एक जना महिला सर्लाहीका ९ महिला र ४१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

८७७ जना डिस्चार्ज

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । जसमध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किनेको संख्या ८७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेडमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ जना रहेको जानकारी दिएका हुन् ।

जसमध्ये काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएका हुन् ।

डा गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । जसमध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

ज्यान गुमाउनेको संख्या १६ पुग्यो

नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष र भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुष गरी १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार