सुबिसुको क्लियर टिभीमा अनलाइन कक्षा सञ्चालन

काठमाडौं, १  असार – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि  क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण सुरु गरेको छ ।

ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यसतो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका  निम्ति डियर वाल्क इन्सीच्यूट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक  सामाग्रीलाई समाबेस गरि च्यानलको प्रसारण सुरु गरिएको हो ।

विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, गणीत र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबार देखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरुहुनेछ ।

बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्ने सुबिसु केबलनेटले जारीगरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition /High Definition channels केबल मार्फत, Conditional Access System (CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार