नेपालमा एकैदिन थपिए ४२६ संक्रमित, हालसम्म ८ हजार २७४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार  २७४पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एक महिला र १० जना पुरुष, सप्तरीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एक महिला र ६ जना पुरुष, बाग्लुङका २ महिला र १६ पुरुष, बैतडीका ७ जना महिला र ५६ जना पुरुष, बझाङका एक महिला र २ जना पुरुष, बाजुराका ८ जना पुरुष, डडेल्धुराका ९ जना पुरुष र धादिङकी एकजना महिला, डोटीका ३ महिला र १२ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखाका एक महिला र १० जना पुरुष, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका एक महिला र एक पुरुष, काठमाडौंका २ महिला र एक पुरुष, मकवानपुरका ३ महिला, मोरङका एक महिला, म्याग्दीका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, सिन्धुपाल्चोकका १० जना महिला र ११ जना पुरुष, तनहुँका ३ महिला र १६ पुरुष, पर्वतका ३ महिला र २ पुरुष, उदयपुरका २ महिला, सिन्धुलीकी एक महिला र चितवनकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरकी एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीको एक महिला र ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासी पुर्वका २ महिला, स्याङ्जाका एक पुरुष र बाग्लुङका २ महिला र ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना पुरुष, स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुल्मीका १६ महिला र ७८ पुरुष, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका एकजना पुरुष र रुपन्देहीका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, कैलालीका २ महिला र एक पुरुष, कंचनपुरका एक महिला र १९ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४०२पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार