नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं, ९ असार – नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ९९  पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार २२४ पुगेको छ ।

नेपालमा मंगलबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार