सप्तरी, ११ असार – सप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका-२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।
चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका-३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।