घाँसको फुल

जिवनलाई यदि ज्युदो वनाउनु छ भने, धेरै जिवित समस्याहरु हाम्रो सामु आँउछन् । तर आउनु पर्छ । यदि जिवन लाई लास वनाउँने हो भने, हुनसक्छ सवै समस्याहरु सकिउन, त्यसपछि मानव मरिमरी वाच्छ ।
एउटा वगैचामा एउटा सानो घांसको फुल पर्खालमा इट्टाको विचमा च्यापिएर वाचिरहेको थियो । जुनवेला आधि चल्थयो, त्यसलाई कुनै चोट लाग्दैनथ्यो इट्टाले छेकिदिन्थ्यो । चर्को घाम कस्तो हुन्छ बिचरोले थाहानै पाउँदैनथ्यो, इट्टालेनै छेकिदिन्थ्यो । पानि पर्दा घाँसलाई केहि फरक पर्दैनथ्यो किनभने भुईमै थियो घाँस । नजिकै गुलावहरु थिए ।
एक रात तेस घासले ईस्वरसँग कत्ती घासको फुल बन्नीरहनु भनि प्रार्थाना गर्योः यदि हे ईस्वर तेरो थोरै पनि दया छ भने, मलाई कृपा गर मलाई गुलाव को फुल वनाई दे । परमात्माले धेरै सम्झउनुभो, तँ यो झन्झट मा न लाग, दुखमा नपर, गुलावको फुलका धरै दुखहरु छन् । जव आधि बेहरी आउँछ गुलाव जरैदेखि उखलिने गर्छ ।
फुल फक्रीन नपाउँदै टिप्पीने कति समस्या छ । जव पानि पर्छ गुलावकै फुल छियाछिया हुन्छ । तँ यो सव जन्जालमा झन्झटमा नपर, तँ जे छस तेसैमा धेरै सुरक्षित छस् । त्यस घाँसको फुलले भन्यो धेरै सुरक्षित जिवन वाँचियो, अव मलाई चुनौतिको सामाना गर्ने मन छ, हजुरले कृपा गरी मलाई गुलावको फुल बनाई दिनु एकै दिनको लागी वा २४ घण्टाकै लागी भए पनी ।
वरीपरीका घासका फुलहरुले निकै सम्झाए, यो पागलपन नगर, हामिले सुनेको पुवर्जको कथामा पनि यो पागलपन गर्नेहरु सवै समस्यामा परे, हाम्रो जातिय अनुभवले पनि हामि जे छौ ठिक छौ भन्दछ र जिवन सुरक्षित छ । तस उसले भन्यो मैले घामसँग कुरा गरेको छैन्, आँधि संग लडेको छैन, मैले कहिलै वर्षा संग जुधेको छैन, निरर्थक वाँच्नुको सार विहिन जिवनको अर्थ छैन ।
उसको नजिकैका फुलहरुले भने, पागल आवस्यकतानै किन हामिलाई, इट्टाको आडमा मज्जाले वाचेकै छौं । न घामको पिर, न वर्षाले नै सताउँछ , न आधिलेनै छुन्छ । तैपनी उ मानेन परमात्मासंग वरदान लिएरै छाड्यो र उ विहानै गुलावको फुल भऐरै छाड्यो । विहान वाटै संकटहरु सुरु भए । ठुलो आँधि चल्यो, प्राणको रौं रौं काम्यो, जराहरु उखेलिन थाल्यो । तल दविएका फुलहरुले भन्नथाले देखिस पागल अव संकट आयोनि ।
दिउँसो हुदानहुदै चर्को घाम लाग्यो, फुलका कोपिला ओईलाउन थाले, वष्र्शाभो फुलका पत्ताहरु झर्न थाले, फेरि ठुलो पानि पर्न थाल्यो कि साँझ हुदानहुदै जरैदेखि गुलाबको वोटनै उखेलिन पुग्यो र भुईमा ढल्यो । जव भुईमा ढल्यो उ घाँसका फुलहरुको नजीकै आईपुग्यो। ति फुलहरुले भने , ए पागल, हामिले त भनेकै हो , व्यर्थमै जिवन गुमाईस ।
त्यो मर्न लागेको फुलले भन्यो, मुर्खहरु, म तिमिहरुलाई अझै भन्छु कि जिंदगिभरी इट्टाको आडमा लुकेर घासको फुल हुनु भन्दा चौवीस घंटाकैलागी भएपनि गुलावको फुलहुन धेरै आनंन्दपुर्ण छ ।
मैले मेरो आत्तमा भेटे, आँधिसंग लडे, सुर्यसंग साक्षातकार गरे, हावासंग जुधे, म यसै मरीन, म वाचेर मरे। तिमिहरु मरेर वाचि रहेका छौ । निस्चयनै जिवनलाई ज्युदो वनाउनु छ भने, धरै जिवित समस्याहरु हाम्रो सामु आउँछन् । तर आउनु पर्छ । यदि जिवन लाई लास वनाउने हो भने, हुनसक्छ सवै समस्याहरु सकिउन, त्यसपछि मानव मरिमरी वाच्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार