https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने- प्रवक्ता नेपाली कांग्रेस

काठमाडौँ, २३ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुनै पनि परिस्थितिमा पाँच वर्षसम्म प्रतिपक्षमा नै बस्ने प्रष्ट पारेको छ । प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल काँग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताएका हुन् ।

‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ’ उनले भने, ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ किनकि जनताले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढङ्गले निर्वाह गर्नेछौँ ।’

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार