मन्त्रीपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने

काठमाडौं, २३ असार – आज मन्त्रीपरिषद् बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हाल प्रहरी महानिरीक्षक (आईजीपी) रहेका ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि बुधबारबाट सकिदैँछ । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

यता, नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । उनीहरुमध्ये कुनै एकलाई आजको बैठकले प्रहरीको नेतृत्वमा चुन्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार