https://www.saurabhgroup.com/

‘अख्तियारको सह-सचिव हुँ’ भन्दै ठगी गर्ने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, २६ असार – ‘ज्योतिष’ अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले क्षेत्रीसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो । ‘अख्तियारको सह-सचिव हुँ’ भन्दै ठगी गरेको अभियोगमा क्षेत्रीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भएको थियो । सोहि रकम लिन जाँदा अख्तियारले क्षेत्रीसहित तीन जनालाई पक्राउ गरेको हो ।

क्षेत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार