नेपालमा कोरोनाबाट संक्रमितकाे संख्या १६ हजार ७१९ पुग्याे, ३८ को ज्यान गयो

काठमाडौं, २७ असार – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमडौं १० का वर्ष ६० का पुरुषको, सिन्धुपाल्चोकका ४५ वर्षका पुरुषको र काठमाडौं गोकर्ण ४ का ५४ वर्षका एक पुरुषको उपचारका क्रममा कोरोनाबाट मृत्यु भएको हो ।

२५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।  त्यसअघि शुक्रबार ११८ जना थपिएका थिए ।

उनका अनुसार क्वारेन्टिनमा २४ हजार ९७ जना छन्। आठ हजार २ सय ३९ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए। शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको उनले जानकारी दिए।

पीसीआर परीक्षण निकै कम गर्दै गएका कारणले गर्दा संक्रमित घट्दै गएको दावी चिकित्सकहरु गर्दछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार