बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।
७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् ।
कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’
बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो ।
पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।