पाल्पा दोभानमा तथा दाउन्नेमा पहिरोजाँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

बुटवल, ३० असार – पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए ।

सडक अबरुद्ध हुँदा गुल्मी, पाल्पा, अर्घाखाँची जाने आउने सयौं सवारी साधन  बीच बाटोमै रोकिएका छन् ।

नवलपरासी दाउन्नेमा पनी पहिरो, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

नवलपारसीको बर्दघाट सुस्ता पूर्व दाउन्नेमा पहिरोले  पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ । पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। पहिरोले मानवीय क्षति भने भएको छैन ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिम तर्फ सवारीसाधनको लामो लाइन लागेको छ। पहिरो हटाउन चार पाँच घण्टा लाग्न सक्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार