https://www.saurabhgroup.com/

नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो, निको हुने ११ हजार २४९

नेपालमा संक्रमितभन्दा निको हुनेको संख्या बढ्यो

काठमाडौं, १ श्रावण  – नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार