प्युठानमा ट्याक्टर दुर्घटना, सात जनाको मृत्यु

प्युठान, ४ श्रावण – प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्याक्टरमा सवारमध्ये आठमध्ये एक जना बाँचेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । – रासस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार