यो साता विदेशमा १६ नेपालीको कोरोनाबाट मृत्यु – एनआरएनए

काठमाडौं, ४ श्रावण  – कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको हो ।

यस्तै, विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको समितिले जनाएको छ । जुन संक्रमितमध्ये ९३ प्रतिशत निको भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार