धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, ६ श्रावण – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुरिँदा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । पहिरोले बाँकी ५ घर जोखिममा परेपछि त्यहाँ बसोबास गर्नेहरूलाई  सुरक्षित ठाउँमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार