काठमाडौँ , ६ श्रावण – नेपाल टेलिकम वर्कर्स युनियनले आज साउन छ गते जननायक स्व. बि.पि कोईरालाको ३८ औं स्मृति दिवस र आफ्नो २९ औं बार्षिकोत्सव कोभिड–१९ का विच गतवर्ष भन्दा फरक किसिमबाट सम्पन्न गरेको छ । यूनियनको काठमाण्डौं क्षेत्रीय समितिले गत हप्त्ता जोरपाटिमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको थियो ।
आज यस समिति अन्र्तरगत रहेका ५२ वटा इकाई समिति मार्फत कम्पनीमा आउट सोर्सबाट काम गरि रहेका सुरक्षा कर्मीहरुलाई कोभिड –१९ बाट सुरक्षीत रहनको लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रम अन्र्तरगत करिब २२० वटा फेस सिल्ड, ९० थान सेनिटाईजर, ९० प्याकेट पन्जा र दुईहजार थान माक्स वितरण गरेकाे छ ।
नेपाल टेलिकमको काठमाण्डौं क्षेत्रीय निर्देशनालयमा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाले कम्पनी, कम्पनीका स्रोत साधन तथा सम्पुर्ण सिस्टम र सम्पतीको सुरक्षामा लागी पर्ने श्रमीक साथीहरुलाई एक ट्रेड युनियन कर्मीको नाताले विश्व महामारीमा रहेको समयमा सहयोग गर्न पाउँदा युनियन र आफुलाई गर्व महसुस भएको बताउनु भयो ।
कम्पनीमा समेत माथिला दर्जाका कर्मचारीले आफु मातहतका कर्मचारीहरु सँग घुलमिल नहुने परम्परा रहेको र अझ आउट सोर्स त्यसमा पनि सुरक्षा गार्ड सँग पराईको व्यवहार गर्ने स्वभाव हामीमा यदाकदा भेटिदै आएको छ । यस्तो व्यवहार तत्काल छोडेर हाम्रो बानी बदल्नु पर्ने र सबैको महत्व पदले मात्र नभई कामले निर्धारण गर्ने भएकोले कामको ईज्जत गर्न सबैले सिक्नु पर्ने सुझाव दिनु भयो ।
उहाँले एक कोलस्टोर कम्पनीमा काम गर्ने उपल्लो दर्जाको कर्मचारीको उदाहरण दिदै भन्नु भयो । एक दिन उक्त कर्मचारी आफ्ना सबै कर्मचारीसाथीहरु गए पछि काम गर्दै थिए । अचानक विहोस हुन पुगेछन् । सुरक्षा गार्डले ढोका बन्द गरिदिएछ । उसलाई लागेछ आजको रात म बाँच्दिन । उ होसमा आएर आँखा खोल्छ । उसको अगाडी एक सुरक्षा गार्ड देख्छ । तब उसले सोच्छ । ढोका लगाई सकेको थियो । सबै कर्मचारीहरु गईसकेका थिय । तर मलाई कस्ले बचाएर यहाँ सम्म ल्याएको हो ? कसरी यो सम्भव भयो । तब सुरक्षा गार्ड बोल्छन् । यो कम्पनीमा हरेक दिन बिहान हजुरले अफिस आउँदा भाई गुड मडिङ्ग र घर फर्रकदा भोली भेटौला बाई भन्नु हुन्थ्यो । तर आज मैले गुड मडिङ्ग त सुने तर घर फर्रकदा भोली भेटौला बाई भनेको हजुरको आवज नसुनेकोले पक्कै सर भित्रै हुनुपर्छ भनेर ढोका खोली हेर्दा हजुर विहोस अवस्थामा देखिनुभएकोले मैले बाहिर लेराएको हो सर । यसैले हामी सबै सँग मिलेर काम गर्ने सबैसंग बाेल्ने बानिकाे बिकाश गरै र सबैको कामको सम्मान गर्न थाल्यौ भने प्रत्येक मानिसको जिवनमा सबैको खाँचो बुझ्न सकिन्छ ।
श्रम र श्रमीकलाई सम्मान गर्ने समाजको निमार्ण गर्न सक्यौ भने देशको समवृद्धी सम्भव छ । कम्पनीको विकास र सफलता सम्भव छ । यसैले सबै खाले कामको सम्मान गर्ने संस्कारको हामीमा विकासहोस् भन्दै शुभकामना दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल टेलिकम काठमाण्डौं क्षेत्रीय निर्देशनालयका निर्देशक राधाकृष्ण ढुङ्गेलले श्रमीकका हकअधिकार रक्षा र कम्पनीको दिगो विकासका लागि यूनियनले पु¥याएको योगदानको प्रसंशा गर्दे आगामी दिनहरुमा समेत रचनात्मक र सकाराप्मक सुझावको साथ कम्पनी हित र कर्मचारीका अप्ठेरामा यूनियन सधै साथ र सहयोग रहिरहोस् भनि शुभकामना दिनु भयो ।
कार्यक्रमको सभापतीत्व ईकाइ अध्यक्ष रमेश अधिकारीले गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन क्षेत्रीय सहसचिव सुस्मा थापाले गर्नु भएको थियो । यसै प्रकृतिका कार्यक्र सम्पुर्ण टेलिकमका निर्देशनालय, विभाग र कार्यलयहरुमा सम्पन्न भएको छ ।
उपचारको क्रममा रगतको अभाव भएको भनिने समाचार आईरहेको समयमा यस युनियनले आज नै केन्द्रिय कार्यालयमा गरेको रक्तदान कार्यक्रममा कोभिड–१९ को विचमा समेत करिब ३४ जना रक्तदाता सहभागी भएर रक्तदान गर्नु भएको छ । उक्त कार्यक्रमको संयोजन क्षेत्रीय सहसचिव निरञ्जन पराजुलीले गर्नु भएको थियो ।