नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार ९ सय ९४

कोरोना निको भइ घर फर्किएका १२ हजार ४ सय ७७ जना

काठमाडौं, ७ श्रावण – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

‘सामान्य विरामी रहेका ती व्यक्ति उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका थिए । अस्पतालमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो, उपचारको क्रममा बुधबार राति उनको आईसोलेसशन वार्डमा मृत्यु भयो’ स्रोतले भन्यो ।

यो सँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। बारा र रौतहटमा दुई-दुई जना र सप्तरी र पर्सामा एक-एक जनाको कोरोनाबाट मृत्यु भएको थियो भने अब महोत्तरीमा समेत एकजनाको मृत्यु भएको छ।

मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ।  हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भएको छ। अब विभिन्न अस्पतालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार