भदौ १ गते देखी व्यावसायिक नियमित हवाइ उडान हुने

८० बढी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा कोरोना जोखिम भएकाले दैनिक १५ अन्तर्राष्ट्रिय र ४० आन्तरिक उडान गर्ने तयारी

काठमाडौं, ८ साउन — लकडाउनले बन्द भएको व्यावसायिक नियमित हवाइ उडान १ भदौ देखि फेरि सुरु गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रालय मातहतका नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ कार्यालयले उडानका लागि तयारी गरिरहेका छन् । भदौ १ देखि उडान सुरु हुनेवित्तिकै स्वभाविक रुपमा पूर्ण क्षमतामा उडान हुने छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने सुरुमा सीमित क्षमतामा मात्र उडान खोल्ने तयारी गरेको छ।विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोरोना जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए। सामान्य अवस्थामा दैनिक ८० बढी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा कोरोना जोखिम भएकाले प्रक्रिया केही लामो लाग्ने छ।

सोहीकारण विमानस्थलकै क्षमता पनि पहिलेजत्तिकै हुने छैन। त्यस्तै यात्रुको माग नै न्यून हुने भएकाले एयरलाइन्सले पनि सुरुमा थोरै मात्र उडान तालिका बनाउने छन्। त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तिमा चार घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए। सामान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार