नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्याे

काठमाडौँ, ९ श्रावण —नेपालमा थप १३३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।  मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

सोही अवधिमा १०७ जना कोरोना निको भइ डिस्चार्ज भएर  घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ । गएकाे २४ घन्टामा ३ हजार ९८७ आरटी पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार क्वारेन्टाइनमा १९ हजार ४४४ जना र आइसोलेसनमा ५ हजार ३८३ जना रहेका छन् ।

प्रवक्ता गौतमले कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान ९:४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार