https://www.saurabhgroup.com/

संक्रमितको संख्या १९ हजार २७३ पुग्याे, थपिए २१० कोरोना संक्रमित

काठमाडौं, १४ श्रावण – नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

लकडाउन अन्त्यहुनु अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।अस्पतालले आज थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनीहरु दुबै जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार