कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभामा ४ सय ७९ जना मनोनित

काठमाडौं, १४ श्रावण – नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्य मनोनित गरेका छन् । सभापति देउवाले ४ सय ७९ जना पुराना नेतालाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका हुन् ।

पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानादेखि  पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालसम्मलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरिएको छ ।

यसअघि सभापति देउवाले गत माघ १९ गते कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन  गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार