कांग्रेसका म्याद सकिएका भ्रातृसंस्थाको पदावधि ६ महिना थप

काठमाडौं, १६ श्रावण – नेपाली कांग्रेसले आजबाट कार्यकाल सकिने भ्रातृ संस्थाहरको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ” नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।”

६ महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारीसहित भ्रातृ संस्थाको नेतृत्व चयन भए पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले समय थप गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार