पहिरोले गुल्मीमा, एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी, १७ साउन- गुल्मीमा अविरल वर्षासँगै शुक्रबार राति जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार