ADBL ad ver 1

ADBL ad ver 1

सिन्धुपाल्चोकमा पहिरोजाँदा ८ जनाकाे मृत्यु

काठमाडौँ, १९ श्रावण  – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएर वेपत्ता भएका थिए ।

उनीहरू सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका भारतीय नागरिक बारू साहको  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार