साेमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ साउन- पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने सोमबार कोरोना संक्रमितको संख्या ५१ पाइएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको गौतमले बताए। नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५७ जनाको मृत्यु भएको छ।

पछिल्लो समय सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार