३६ कोरोना संक्रमित सिकिस्त अवस्थामा, २ जना भेन्टिलेटरमा, ३४ आइसीयूयमा

काठमाडौँ, २० श्रावण – नेपालमा उपचारको अवस्थामा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

त्यसमध्ये दुईजनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक-एकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार