क्वारेन्टिनमा मट्टीतेल खन्याएर आफैंलाई आगो लगाई युवाले गरे आत्मदाह

बुटवल २० साउन – रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्दाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनलाई पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौर बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार