मंगलबार काठमाडौं उपत्यकामा थपिए ६२ कोरोना संक्रमित, नेपालभर मृतकको संख्या ५९ पुग्यो

काठमाडौं, २१ साउन – मंगलबार काठमाडौं उपत्यकामा अहिले सम्मकै बढी ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए। संक्रमितमध्ये काठमाडौंका ४८, ललितपुरका १ र भक्तपुरका १३ जना छन्।

उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, टिचिङ, स्टार, नेपाल प्रहरी, नेपाल कोरिया मैत्री अस्पताल, र विध म्यानेजमेन्टका प्रयोगशाला छन्।

सोमबार उपत्यकामा ५१ जना व्यक्तिमा संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ। उपत्यकामा संक्रमण जोखिम औल्याउँदै मुख्य तीन वटा प्रवेश नाकामा १० हजार जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार देशभर भने २ सय ५९ जना संक्रमित थपिएका छन्।  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ भने कोरोनाबाट २१ हजारभन्दा धेरै संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार