काठमाडौं, २३ श्रावण – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण तथा थप ५ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १५ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । बितेको २४ घण्टामा थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । देशभर ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।