गौतम बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौँ, २५ श्रावण  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

आइतबार सामाजिक ट्विटरमार्फत प्रवक्ता विश्वप्रकाश शर्माले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य नभएको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु-याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’

भारतीय विदेश मन्त्री जयशंकरले शनिबार महान भारतीय भनेर गौतम बुद्ध र महात्मा गान्धीलाई चिनिने बताएका थिए ।
‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ ।’ उनले भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार