‘अध्योयापुरीमा राम मन्दिर बनाउनुस्, खर्च सरकारले व्यहोर्छ’- प्रधानमन्त्री ओली

काठमाडौं, २५ श्रावण  – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए ।

झण्डै दुई घण्टा भएको छलफलमा ओलीले भगवान् रामको जन्मभूमि अध्योयापुरी भएको दोहोर्याउँदै माडीमा रामको भब्य मन्दिर बनाउन निर्देशन दिएका छन् । आवश्यक खर्च सरकारले बेहोर्ने बताउँदै मन्दिरलगायतका संरचना बनाउन ओलीले निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।

‘भगवान् रामको जन्मभूमि माडीस्थित् अयोध्यापूरी नै हो, त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्, सरकारले आवश्यक खर्च व्यहोर्छ’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले रामको जन्मस्थल नेपालकै अयोध्यापुरीमा भएको र भारतमा रहेको अयोध्या त्यहाँ पछि विकास गरिएको भनी केहि सातापहिले बताएका थिए।

सो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई बालुवाटार बोलाएका हुन् । अयोध्यापुरीका प्रतिनिधिसँग छलफलका क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसमेत उपस्थित थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार