नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, थप ४ जनाको मृत्यु

काठमाडौँ, २६ श्रावण – नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४० जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.७ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर ६ हजार ७३८ सक्रिय सङ्क्रमित छन् । विगत २४ घण्टामा जनामा ४ हजार आठ सय ३२ जनामा गरिएको पिसीआर परीक्षण गरिएको छ । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७५९ छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार