काठमाडौं, २६ साउन – ललितपुरमा पर्यटक प्रहरीले प्लेकार्ड बोकेर मास्क लगाउन, कोरोना महामारीबाट जोगिन सुरक्षाका उपाय अपनाउन जनचेतनामूलक सन्देश प्लेकार्ड सहित सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।
ललितपुरको पाटन दरबार स्क्वायरमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई पर्यटक प्रहरीले मास्क वितरण गरेको हो । ललितपुर पर्यटक प्रहरी पाेष्ट इन्चार्ज प्र ना नि सागर थापाकाे नेतृत्वमा भएकाे थियाे ।
माहामारी तिब्र गतिमा फैलिरहेको र आम मानिस हरु जानेर वा नजानेर न्युनतम सुरक्षा पनि नअपनाएको देखिएकोले यो सन्देश्मुलक कार्यक्रम गरेकाे प्र ना नि सागर थापाले बताउनु भयाे । उक्त कायक्रर्ममा काठमान्डौ त्रिपुुरेश्वरमा रहेको क्रिस सर्जिकलले मास्क सहयोग गरेको थियो ।