राति घर भत्किँदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु

डोटी, २७ साउन – डोटीको आदर्श गाउँपालिका–१ मा सोमबार राति घर भत्किँदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाईते भएका छन् ।

आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो । घर भत्कँदा घरमा सुतिरहेका लुहारकी श्रीमती ३५ वर्षिया विष्ना लुहार, ११ वर्षीय छोरा पारस, छोरीहरु ७ वर्षीया सिरु र ४  बर्षकी जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले हाम्राकुरालाई जानकारी दिए ।

घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाइते भएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

घाईतेहरुको दिपायल स्थिति शैलेस्वरी अस्पताल उपचार भइरहेको जनाएको छ । चारै जनाको स्थिति गम्भीर रहेको छ । सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

भत्किएको घरमा दुई गोरु, एक गाई र दुई बाख्रासमेत च्यापिएको प्रहरीले जनाएको छ । जिल्लामा दुई दिनदेखि लगातार पानीसमेत परिरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार