सिटी एक्सप्रेस र एन आई सी एशिया लघुवित्त बिच सम्झौता

काठमाडौं, २९ साउन –  सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन आई सी एशिया लघुवित्त वित्तीय संस्था बिच सम्झौता भएको छ जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एन आई सी एशिया लघुवित्तका शाखाहरु बाट पनि हुने भएको छ ।

सम्झौता अनुसार लघुवित्तको सबै शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारको भुक्तानी हुनेछ । हाल एनआईसी एशिया लघुवित्तको १०५ वटा शाखाहरु रहेका छन् ।

उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार