काठमाडौं, २९ श्रावण – दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिका वडा नम्बर १४ भित्र पर्ने क्षेत्र सिल गरिएको छ।बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको हो ।
फलफूल, तरकारी पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न निर्देशन दिइएको छ। अत्यावश्यक सेवामा समेत सामाजिक दूरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष सापकोटाले बताइन् ।