नेपालभर ५२५ कोरोना संक्रमित – ज्यान गुमाउनेको संख्या ९५, डिस्चार्ज १०९

काठमाडौं, २९ श्रावण – नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी
रौतहट र  काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित नरहेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना संक्रमित नरहेका ५ जिल्लामा मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्ला हुन् ।

२४ घण्टामा थप १०९ जनाले जिते कोरोना 

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार