रौतहटमा पुजारीलाइ कन्चटमा गोली हानी हत्या

रौतहट, ४ भाद्र – रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हत्याराको खोजी जारी रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार