काठमाडौं, ५ भाद्र – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।
ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।
यो हिन्दु महिलाहरुले मनाउने ठूलो पर्व हो। खासगरी शुक्ल तृतीयाको दिन मनाउने भएकाले तीज भनिएको हो। ” हरिता अलिभी:”अर्थात् साथीहरुले हरण गरेर लुकाएकाले हरितालिका भनिएको हो ।
पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउ भनेर सानै देखी महादेवकै आरधना गर्थीन् तर उनका पिता हिमालयले नारदको सल्लाह अनुसार भगवान विष्णु सङ्ग विवाह गर्ने निधो गरेपछि पार्वतीलाई उनका साथीले एकान्तमा लगेर लुकाए । पार्वतीले लुकेकै ठाउँमा बालुवाको शिवलिङ्ग बनाई महादेव पति पाउ भन्दै नित्य कठोर व्रत लिई पुजा गर्न थालिन् ।
महादेव प्रसन्न भई दर्शन दिनु भयो । महादेव तथास्तु भनी वरदान दिनु भए त्यो दिन हरितालिका थियोे । यसरी पार्वतीको महादेव सङ्ग विवाह सम्पन्न भएको थियोे ।
यो पर्बले हिन्दु धर्म , सस्कृति र परम्परा प्रति बिशेष झुकाब दिइरहेको पाईन्छ। नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन् ।
देशको समसामाहिक अबस्था बिकृति र बिसंगगति बिरुद्ध गीतका माध्यमबाट आवाजहारू बुलन्ध गर्ने गरेको पाइन्छ । त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सबहरुका साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ।
जसले गर्दा नेपाली नारीहरु बिच सदभाब र माया बढ्न गई सकारात्मक धारणाको बिकाश हुन जान्छ। यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ। यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ।
हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धबिश्वसले अझै पनि रोमलिरहेको छ। चुलो चौकामा सिमित रहेका दिदी बहिनिहरुलाई परिबर्तन गराउने शिक्षाको बिकाश गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ। यस्तो जागरणले गाउँ घर देखि देशालाई नै समुन्नत पार्दै अन्धबिस्वसको पट्टीलाई खुलाउने ठुलो आधार हुन सक्ने छ। आझभोली बिदेशमा पनि नेपाली चेली जम्मा भएर यो पर्व मनाउने गरेको पाईन्छ ।
महिलाहरूले तीजको द्वितीयाको दिन दर खाने र तीजको दिन व्रत बसि महादेवको पुजा गरि दिनभर आफूले भोगेका दुःखसुखका घटना लाई गीतमा उतार्दै नाचेर मनोरञ्जन गर्छन् । तर आजभोलि भने दरका नाममा भोज गर्ने अनि तीजका गीतमा मौलिकता हराउँदै गर्दा तीज विकृत बन्दै गएको छ । यसलाई सुधार्नु पर्ने देखिन्छ ।
यसरी तीज पर्वले समाजको मौलिक अबस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको निम्ति टेवा पुग्ने खालको हुन पर्दछ ।
विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुबाट एक आपसमा मेलमिलापको भाबना जगाउदै बक्तित्व बिकाशका साथै देशको यो बिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौ शान्ति स्थापनाका लागि जोडदार गीतहरु गुन्जिनेछन्। तब मात्र तीजको महत्व रहिरहन्छ ।