कमिटी — लघुकथा

  — सिखरनाथ खनाल

अघिल्लो हप्ता बनेको सादगी कमिटीको उ संयोजक थियो । स‌ंस्थाभित्र सरलता स्वच्छता र सदाचारिता कायम गर्ने भन्ने आदर्श चिन्तनले त्यो रात उसको आधा निद्रा खाइदिएको थियो । तर धेरै उपयोगी विचारहरु विकाश भएका थिए निद्रा नोक्सान भयएपनि ।
संस्थाको माथिदेखि तलसम्म सबैको सोच र सस्कार सुधारेर एउटा आदर्श संस्कार निर्माण गर्ने मुभमेन्टको सुत्रधार बन्न पाएकोमा गजबको आत्मगौरव पनि अनुभव भैरहेको थियो उसलाई। सादगी नीतिको ड्राफ्ट आज व्यवस्थापनमा पेश गर्ने तय भयेको छ ।
१२ दिनमा जम्मा १५ मिटिङ भएछन् । ड्राफ्ट तीनपटक रिराइट भएछ । ड्राफ्ट फाइनल गर्ने क्रममा उ राती एक बजेसम्म बसेको थियो । बुद्ध, चाणक्य, विवेकानन्द, अब्दुल कलाम, पिटर ड्रकर, हेनरी फोर्ड, स्टिभ जब्स र वारेन बफेटसम्मका विचार समेटेको गजबको नीति बनेको जस्तो लाग्यो ।
सादगीसगै प्रगतिको बाटो कसरी हिड्न सकिन्छ भन्ने । भोलिको प्रेजन्टेशनमा बाकी इलाबोरेट उ गर्ने नै छ । उ नौ बजे अफिस पुग्यो ।स्वाभाविक सन्डे मोर्निङ अप्टिमिजम र इनर्जीका साथ । प्रेजेन्टेशन १५ बजे थियो । दश बजे कमिटीका साथीहरुलाई बोलायो आफ्नो चेम्बरमा कफीका लागि । धन्यवाद दियो सबैलाई । एऊटा सेन्स अफ एकम्प्लिशमेन्टले उ पुलकित थियो ।
यस्तैमा कार्यालय सहयोगी भाइले एउटा पत्र लिएर आयो । उ व्यवसाय प्रवर्धन कमिटिको सदस्य मनोनित भएछ । उच्चस्तरीय कमिटी ।ऐले एघार बजे डिजिएमको चेम्बरमा मिटिङ । भरे फाइभ स्टारमा कार्यक्रम । एकजना ग्लोबल स्टटेजिस्टको सेशन पनि छ । लेटनाइट डिनर पनि ।
सबैले उसलाई बधाइ दिए । उसको क्षमता र संभावनाको सही पहिचान भएकोमा । सफलताको शुभकामना पनि दिए । डिजिएमको अफिसबाट फोन आयो ।….अनि सादगी कमिटीको प्रेजन्टेशन नि ? त्यो त अब नया कमिटी बन्दैछ । नयाँ कमिटीले काम गर्छ ।
सरले जे जति गर्नुभयो त्यसको लागि धन्यवाद र उच्च मुल्याङ्कन भएको छ । उसलाई बेला भएको थियो नयाँ कमिटीको पहिलो मिटिङ एटेन्ड गर्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार