काठमाडौं उपत्यकामा थप २६६ सहित ८१८ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ सहित ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

उनीहरुमध्ये १४९ जनाको मृत्यु भएको छ भने १८ हजार ६३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् ।

यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना संक्रमित भएका छन् ।

सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल १३ हजार १५५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार