सुबिसुको सेवा सम्बन्धि जानकारी सेल्फ केयर पोर्टलबाट

काठमाडौं, १० भदौ  – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकवर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नुहुनेछ साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नुहुनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नुहुने छ ।

ग्राहकवर्गको सहजता एवं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । आउने दिनमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने कम्पनिले जनाएकाे छ ।

सुबिसु सेल्फ केयर पोर्टल ttps://selfcare.subisu.net.np/   बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np  मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने कम्पनिले जनाएकाे छ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV  नेपालको एक अग्रणी केबल टेलिभिजन नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition  र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार