काठमाडौं उपत्यकामा ३०१ सहित नेपालभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० भाद्र – काठमाडौं उपत्यकामा ३०१ सहित नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषका ४३ जना, पर्साका एकजना, बाराका २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकजना, सर्लाहीका १२० जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २३० जना, भक्तपुरका २४ जना, ललितपुरका ४७ जना, धादिङका २ जना,  मकवानपुरका १८ जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना,  रामेछापका एकजना  र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नवलपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका ४ जना, दाङका १६ जना, नवलपरासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार