काठमाडौँ उपत्यकामा १८६ सहीत नेपालभर थप ८८४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ भाद्र- शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा काठमाडौँ उपत्यकामा थप १८६ जना सहीत नेपालभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ४ हजार ९९७ पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँमा कोरोना संक्रमितको संख्या ३ हजार ९६० पुगेको छ । यस्तै ललितपुरमा ६०६ र भक्तपुरमा कोरोना संक्रमितको संख्या ४३१ पुगेको छ ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना संक्रमित भएका थिए ।

डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, झापाका २० जना, धनकुटाका १९ जना, मोरङका ३१ जना, संखुवासभाका ३ जना र सुनसरीका २४ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ७३ जना, बाराका २१ महोत्तरीका २६  जना, रौतहटका ५ जना, सप्तरीका २ जना, सर्लाहीका ८२ जना र सिरहका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १५५ जना, काभ्रेका १९ जना, चितवनका ५७ जना, दोलखाका एकजना, धादिङका ९ जना, भक्तपुरका १२ जना, ललितपुरका १९ जना, मकवानपुरका ९ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, नवलपरासी पूर्वका २३ जना,  लमजुङका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका १९ जना, नवलपरासीका १० जना, बाँकेका २० जना, रुपन्देहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा  जाजरकोटका एकजना, जुम्लाका एकजना, दैलेखका एकजना, रुकुमपश्चिमका एकजना र सुर्खेतका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका१९ जना, कैलालीका १९ जना,दार्चुलका ३ जना, बझाङका २६ जना, बैतडीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १६ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ५५५ जना संक्रमित निको भएका छन् । शनिबार नै १२ जना संक्रमितको मृत्यु भएको पुष्टि गरिएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार